पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटरमा ३/३ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।



jibss

निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । घटेको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर  १७८ रुपैयाँ, तथा  डिजेल र मट्टीतेल प्रतिलिटर १७५ पर्नेछ ।

यसअघि पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर  १७८ रुपैयाँ थियो । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि निगमले पनि मूल्य घटाएको हो ।