
काठमाडौं । चन्द्रागिरि नगरपालिका ३ मा रहेको लग्लगे पाखा सामुदायिक बनमा २४ औ अन्तरास्ट्रीय युवा दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
प्रदेश सभा सदस्य बाग्मतीका माननीय रमा आले मगरको प्रमुख आतिथ्यता मा १५० फलफूलका बोट रोपिएको हो ।
काठमाडौ जिल्ला युवा समितीद्वारा आयोजित कार्यक्रममा अमला, एभोकार्डो, कागती, अम्बा, टिमुर लगाएत विभिन्न प्रजातिका फलफूलका बिरुवा सामुदायिक बनका खाली क्षेत्रमा रोपिएको जानकारी जिल्ला युवा समितिका अध्यक्ष रुपा थापा मगरले दिनुभयो।
परम्परागत शैलिका बृक्षारोपणको निरन्तरतालाई परिमार्जित गर्दै सामुदायिक बनैभरी लटरम्म फलफुल फलाउदै पर्यावरण जोगाउने उद्देश्य सहित भएको कार्यक्रम स्वागत योग्य रहेको माननीय रमा आले मगरले बताउनुभयो।