प्रहरीलाई हतियारभन्दा प्रविधि चाहिएको छ : सांसद सिलवाल

काठमाडौं, असार २७ गते । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसद नवराज सिलवालले मुलुकको वर्तमान आर्थिक अवस्थामा प्रहरीलाई हतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठक प्रारम्भ हुनेबित्तिकै उहाँले प्रहरीलाई हतियारभन्दा पनि प्रविधि चाहिएको जिकिर गर्नुभयो ।

उहाँले सरकारले रकमान्तर गरेर प्रहरीलाई हतियार खरिद गर्न लागेको आरोप लगाउनुभयो ।