बानेश्वरमा आफैलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको मृत्यु

काठमाडौं- मंगलबार दिउँसो बानेश्वरमा आफैलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा मृत्यु भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालको बर्न वार्डका प्रमुख डा. सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । बुधबार बिहान साढे ५ बजे उपचारका क्रममा आचार्यको मृत्यु भएको उहाँले बताउनुभयो।

आचार्यको शरीरको ८० प्रतिशतभन्दा बढी भाग आगोले जलेको थियो ।