उपत्यकामा निषेधाज्ञा कडाइ गर्ने तयारी

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ । आज बस्ने काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरूको बैठकले निषेधाज्ञा थप गर्नेछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा कति दिन थप्ने भन्ने छलफलबाटै टुंगिने र कोरोना संक्रमण बढ्दै गइरहेका बेला निषेधाज्ञामा थप कडाइ गर्ने विषयमा पनि छलफल हुने बताउनुभयो ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भोलि (बुधवार) राति १२ बजेदेखि सकिँदैछ ।