निषेधाज्ञा असार ३१ गते सम्म थप

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा असार ३१ गते सम्मको लागि थप  गरेको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि (सोमबार) राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।