तीन बुँदे सहमतिपछि पेट्रोलियम ढुवानी व्यवसायीद्वारा आन्दोलन फिर्ता
पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिन सहमत भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा तीन बुँदे सहमति भएपछि नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ आन्दोलन फिर्ता लिन राजी भएको हो ।