चितवन २ बाट रवि लामिछाने भारी मतान्तरले विजयी

चितवन-२ बाट प्रतिनिभिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका छन् । लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी भएका हुन् ।

 

लामिछानेले ४९ हजार २६१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाए भने नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाए ।