राज कलेक्सनको दोस्रो ‘आउटलेट’ गुर्जुधारामा

आधुनिक समाज तिर नेपाली समुदाय पछिल्लो समय रफ्तारमा कुदिँरहेको छ। वर्तमान युगमा विशेषत युवा वर्ग खाने र लगाउनेमा सर्वाधिक सचेत छ्न्। ब्यक्तित्व झल्काउनका लागि अचेल परिस्थिति अनुसार आफ्नो पाेसाखमा ठाँटिन्छ्न्। सामाजिक रहनसहन र आफ्नो कद सुरक्षार्थ राख्न पोसाखको सेन्स सबैमा उच्चिएको देखिन्छ। समयनुरुप आफू लाई कम्फरटेबल बनाउन फेरिएको माैसम बमोजिम पोसाखमा सज्जिन्छ्न्।

सबै वर्गलाई लक्षित गर्दै राज कलेक्सनले आफ्नो दोस्रो आउटलेट आज विशेष समारोह बिच गर्जुधारा चोकमा सुभारम्भ गरेको छ। बागम्ती प्रदेश अन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण समितिका संयोजक एवं काठमाडौं क्षेत्र नं १०(ख) बाट प्रत्यक्ष निर्वाचित माननीय रमा आले मगरले गुर्जुधारा स्थित राज कलेक्सनको समुद्वघाटन गर्नु भयो। कार्यक्रममा माननीय रमा आले मगरले,-“नयाँ युवा पिढिँले प्रविधि संगै आफ्नो क्षमता निखारेर स्वदेशमै ब्यबसाय कर्म अगाडि बढाएमा मुलुकको अर्थतन्त्र सहजै फड्को मार्न सक्ने कुरा उल्लेख गर्नुभयो”। स्थापनाको छोटाे समयमै आफ्नो ब्यवसाय बिस्तार गर्न अबल रहेकोमा राज कलेक्सनका संचालक राज महर्जनको माननियले प्रशंसा पनि कार्यक्रममा गर्नुभयो। यस व्यवसाय उदाहरणीय र पठनिय रहेकोले संचालक महर्जन लाई प्रदेशसभा सदस्य आले मगरले ब्यबसायिक सफलताको शुभकामना एवं बधाई पनि दिनुभयो।

कार्यक्रममा चन्द्रागिरी नगरका नव निर्वचित वडा अध्यक्षहरु, पश्चिम भेगका विभिन्न ब्यबसायमा आबद्ध रहनु हुने प्रतिष्ठित ब्यबसायिहरु र स्थापित सामाजिक संघ संस्थाका प्रमुखहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

संचालक राज महर्जनले आफ्नो नयाँ आउटलेटमा ब्रान्डेड कम्पनी Necked Express, Poison Jeans, November का आईटमहरु पाउनुका साथै जुत्तामा X-Step, Adidas र Peak कम्पनिका सामानहरु बाट ग्राहक लाई सेवा उपलब्ध गराउन आफू तल्लिन रहेको बताएँ। करिब ७५ लाख लगानी रहेको कलेक्सनमा सम्पुर्ण आवश्यक जेन्स, लेडिज र बेबि फेसेनेवल वेयरहरु बजार माग अनुरुप राखिएको छ।