राजा रणजित मल्लले देश छोड्नेक्रममा चन्द्रागिरि डाँडामा बसि लेख्नुभएको अन्तिम रचना

बि सं १८२६ मा पृथ्वीनारायण शाहले उपत्यका जितिसकेपछि भक्तपुरका राजा रणजित मल्लले आफू काशी जाने ईच्छा व्यक्त गरेपछी देश निकाला गर्दा आफ्नो देश छोड्नेक्रममा चन्द्रागिरि डाँडामा बसि आफ्नो देशको अन्तिम नजर लगाई लेखिएको कविता हो यो । आदिकवि भानुभक्तको जन्म नै नभएको बेला नेपाल भाषामा कविता रचना गरी सकिएको थियो । यो त अभिलेखमा भएको कविता हो । यो भन्दा पहिले पनि धेरै कविताहरु नेपाल भाषामा रचिएको थियो, जुन शाह बंशले नेपाल मण्डल जितिसकेपछी धेरै रचनाहरु जलाई नष्ट गरेका थिए जसको उदाहरण भक्तपुरको साकोठास्थित साकोथा घर हो । साकोठा शब्द साफु र कोठा दुई शब्द मिलेर बनेको हो । साफु भन्नाले किताब हो, यसरी किताब राख्ने कोठा भएकोले यस घरको नाम नै साकोथा भएको हो । शाह बंशले भक्तपुर जितिसकेपछी यो घर नै जलाइदिएका थिए । जसका कारण यहाँ राखिएका हजारौ कितावहरु जलाएको घटना सर्वविदित नै छन् । यसरी पुस्तकालयको स्वरुप नेपालमा मल्लकाल मै विकास भएका थिए ।

रणजित मल्लका अन्तिम रचना:-
थोथे ज्यागु रस गबलेसं दै मखु ।
राम हा जि गन वने ।।
गन वने गन च्वने ।
सुयागु भरे च्वने दैव ।।
दैवया भरे च्वने ।
जित अति मय रे दैव ।।
राम हा …….
अमा मदु बुबा मदु ।
सुयागु भरे च्वने दैव ।।
जवे च्वसा दाजु मरु ।
खवे च्वसा किजा मरु ।।
जि पापी अभागी ।
गन वन सि रे दैव ।।
राम हा….
तपुखु, नपुखु स्वइ धका ।
न्या जन्म काया दैव ।।
चंदाल म्ह खे या ल्हातं ।
जाल केन्क स्यात दैव ।।
राम हा…..
न्यातापोल स्वय धका ।
बखुं जन्म काय दैव ।।
चंदाल म्ह खे या मचां ।
तुम्ब केन्का स्यात देव ।।
राम हा….
यसिंख्यले यसिं थन ।
चुपिंगाले म्वन ल्हुया ।।
वया च्वना भैरव ।
दर्शन याय प्रभु ।।
राम हा…..

(GR Ranjit)

श्रोत :- कथा खबर
लिंक:- https://www.kathkhabar.com/detail/9221