काठमाडौँ । सत्तागठबन्धनले आसन्न मंसिर ४ का लागि प्रतिनिधिसभा र प्रदेशसभाका साझा उम्मेदवारको सूची सार्वजनिक गरेको छ ।
साझा उम्मेदवारको सूची सार्वजनिक भए संगै काठमाडौं १० प्रदेश ‘ख’ मा रमा आलेमगर गठबन्धनको साझा उम्मेदवार बनेकी छिन् । माओवादी केन्द्रले उम्मेदवारी झिकेपछि एकीकृत समाजवादीबाट रमा आलेमगर साझा उम्मेदवार बनेकी हुन् । साथै काठमाडौं निर्वाचन क्षेत्र १० मा कांग्रेसका राजन केसी र माओवादी केन्द्रकी अञ्जना विशंखे चुनावी मैदानमा उत्रिएका छन् भने काठमाडौं १० अन्तर्गतको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’मा पनि काँग्रेसका पुकार महर्जन र माओवादी केन्द्रका दिलीप महर्जनले मित्रवत प्रतिस्पर्धा गर्ने भएका छन् ।