सवारी साधनमा जोर–बिजोर हटाउन सिफारिस, विद्यालयहरु फागुन १ देखि खुल्ने

२३ माघ ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा लगाएको जोरबिजोर हटाउने तयारी गरिएको छ । कोरोना संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले संक्रमणको जोखिम कम हुँदै गएको भन्दै केही सहज बनाउन सिफारिस गरेको हो। 

उपत्यकामा अहिले पनि ट्याक्सी र निजी सवारीमा जोर बिजोर कायम छ। सार्वजनिक यातायातमा भने गत साताबाट जोर बिजोर हटाइएको हो।

बैठकले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ । कोरोना संक्रमण बढेपछि माघ महिनाभर विद्यालय बन्द गरिएको थियो । माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थियो तर, पठनपाठन बन्द गरिएको थियो ।