बाडभन्ज्याङमा रहेको श्री चण्डिका देवी माध्यामिक विद्यालयमा आजबाट धार्मिक तथा शैक्षिक महोत्सव २०७८ सुरु

काठमाण्डौं । चन्द्रागिरि नगरपालिका वडा नं. २ बाडभन्ज्याङमा रहेको श्री चण्डिका देवी माध्यामिक विद्यालयमा आजबाट धार्मिक तथा शैक्षिक महोत्सव २०७८ सुरु भएकाे छ ।

भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा (११,१२) सञ्चालनका लागि सहयोगार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवम् श्री चण्डिका देवी मावि धार्मिक तथा शैक्षिक महोत्सव २०७८ अाजबाट सुरू गरिन लागेकाे हाे ।

महायज्ञको सोमवारबाट एक भव्य कार्यक्रमका विच उपराष्ट्रपति नन्दबहादुर पुन पासाङकाे प्रमुख अातिथ्यतामा उद्घाटन हुन लागेको अायाेजक समितिले जनाएकाे छ ।

महायज्ञ मुल आयोजक समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रवण सुवेदीले श्री चण्डिका देवी मा .वि .,च.न.पा .–२, बार्डभन्ज्याङमा यहि मङ्सिर १३गते देखि २१ गते सम्म हुनगइ रहेको श्रीमद्भागवत ज्ञान् महायज्ञ गरिन लागेको बताए ।

सुवेदीले धार्मिक महायज्ञलाई सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका रुपमा आयोजना गरिन लागेको जानकारी दिए । उनले ग्रामिण क्षेत्रको विद्यालयको हरेक गतिविधिमा सरिक भई पुर्णय कमउन आग्रह गरे ।

कार्यक्रममा विद्यालयका प्रअ गोविन्द बुढाथोकीले विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि धार्मिक महायज्ञ महत्वपुर्ण सावित हुने बताए । नेपालमा सामुदिायक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि भागवत गिताका माध्यमवाट आफु लागि परेको भन्दै उनले चन्द्रागिरिको श्री चण्डिका देवी माविमा सञ्चालन हुने भएको महायज्ञ महत्वपुर्ण सावित हुने बताएका ।

महायज्ञमा धार्मिक अभियन्ता पंश्री वाशुदेव घिमिरेको मुखाराविन्दबाट कथा बाचन हुने आयोजकले जानकारी दिएको छ ।