भोलि एकदिन साझाले जावलाखेलदेखि बुंगमतीसम्म निशुल्क बस सेवा दिने

काठमाडौं। साझा यातायातले भोलि एकदिन जावलाखेलदेखि बुंगमतीसम्म निशुल्क बस सेवा प्रदान गर्ने भएको छ। ललितपुर महानगरपालिका र साझा यातायातको सहकार्यमा बुंगमती महोत्सवका लागि जावलाखेलदेखि बुंगमतीसम्म जान निशुल्क बस सेवा सुचारु गरिने साझाले जनाएको छ।

महानगरले पर्यटन प्रवर्द्धनका लागि शनिबार बुंगमतीमा महोत्सव आयोजना गर्न लागेको हो। यसै अवसरमा साझाले शनिबार एकदिनको लागि निशुल्क बस सेवा प्रदान गर्ने भएको हो।

 

महोत्सव बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म चल्ने आयोजक इकोज इन द भ्यालीले जनाएको छ। यस्तै बुंगमतीमा रहेका मुर्त तथा अमुर्त सम्पदाहरू र हराउँदै गएका परम्परागत संगित उजागर गर्ने र पुनरोत्थान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको जनाएको छ।

 

आयोजकका अनुसार महोत्सवमा लाइभ म्युजिक, नेवारी खाना, नेवारी वास्तुकलाको प्रदर्शनी गरिनेछ। दिनभर बुंगमती म्यूजिम खुला हुनेछ भने ठाउँठाउँमा चित्रकला र काष्ठकला आयोजना हुनेछ।