धौलागिरि गेटदेखि सतुंगल खानेपानी ट्यांकीसम्म सडक ढलान कार्य, २० गतेदेखि सडक बन्द हुने

चन्द्रागिरि नगरपालिका वडा नं १० ले बैकल्पिक बाटो प्रयोग गर्ने सम्बन्धी सार्वजनिक सूचना जारि गरेक छ।

च.न.पा १० वडाध्यक्ष शिव कुमार महर्जन द्वारा जारि गरिएको उक्त सुचनामा चन्द्रागिरि नगरपालिका वडा नं. १० को धौलागिरि गेटदेखि सतुंगल खानेपानी ट्यांकीसम्म सडक स्तरोन्नती ( ढलान कार्य) गर्न लागेको हुँदा मिति २०७९।१२।२० गतेदेखि अर्को सूचना जारी नभएसम्मका उक्त सडक बन्द गरिने व्यहोरा अनुरोध गरेको छ । साथै विभिन्न सवारी साधनहरुले बैकल्पिक बाटो प्रयोग गर्न हुन सबैमा यो सार्वजनिक सूचना जारी गरिनुका साथै यसबाट सवारी धनीहरुलाई पर्न गएको असुविधा प्रति १० नं. वडा कार्यालयले क्षमायाचना गरेको छ ।