सतुंगल मातातिर्थ देउराली कुलेखानी सडक बन्द हुने

चन्द्रागिरि नगरपालिका वडा नं ८ ले सतुंगल मातातिर्थ देउराली कुलेखानी सडक बन्द हुने सार्वजनिक सुचना जारि गरेक छ।

च.न.पा ८ वडाध्यक्ष प्रलाद रिजालद्वारा जारि गरिएको उक्त सुचनामा पुर्वाधार बिकास कार्यालयको मिति २०८१।१।६ च.नं. १६४४ को पत्रानुसार सतुंगल मातातिर्थ देउराली कुलेखानी सडकको निर्माण कार्य गर्न उक्त सडकमा सवारीको चाप अत्याधिक भई निर्माण कार्य गर्न असहज भएकोले सम्पूर्ण सवारी साधनलाई आवतजावत गर्न मिति २०८१।१।७ गते देखि मिति २०८१।१।३० गते सम्म पूर्ण रुपमा बन्द गराई सहजीहरण गर्नको लागि पत्राचार भएकोमा सोहि व्यहोराको सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिएको छ।