संस्कृतिविद् सत्यमोहन जोशीको निधनको शोकमा देशभर सार्वजनिक बिदा

काठमाडौं– सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ ।

संस्कृतिविद् सत्यमोहन जोशीको निधनको शोकमा देशभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, कुटनीतिक नियोगमा बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ ।

संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षमा आइतबार निधन भएको थियो ।