बागमती प्रदेशमा पनि ७० अंक ल्याए ट्रायल पास हुने, अब साना गल्तीमा ट्रायल फेल नहुने

बागमती प्रदेशमा सवारी लाइसेन्स ट्रायलमा ७० अंक आए पास हुने व्यवस्था लागु भएको छ।

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले अंक प्रणाली कार्यान्वयन गर्ने परिपत्र जारी गर्दै सवारी अनुमति पत्र सम्बन्धी नयाँ कार्यविधि लागु गरेको हो ।