
चन्द्रागिरि नगरपालिका, सतुङ्गलमा अवस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा एक भव्य कार्यक्रमका बिच जेसिस इन्टरनेसनल स्काउट टु«पको प्रथम दीक्षान्त समारोह सम्पन्न भएको छ ।
सोमबार सम्पन्न सो समारोहमा विद्यालयका ७१ जना छात्रा र ७१ जना छात्र गरी १७२ जना स्काउटलाई चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख तथा चन्द्रागिरि नगरपालिका स्काउट परिषद्का संरक्षक घनश्याम गिरिको प्रमुख आतिथ्य, चन्द्रागिरि नगर उपप्रमुख तथा चन्द्रागिरि नगरपालिका स्काउट परिषद्का अध्यक्ष वसन्ती श्रेष्ठका साथै नेपाल स्काउटका लिडर ट्रेनर, द ड्युक अफ इडनवर्ग इन्टरनेसनल अवार्ड, नेपालका राष्ट्रिय अध्यक्ष, वर्ड अर्गनाइजेसन अफ द स्काउट मुभमेन्टका सल्लाहकार, एसिया प्यासिफिक रिजन शिक्षा विधिका अध्यक्ष देवराज घिमिरेको विशेष आतिथ्यमा प्रमाणपत्र, व्याज र स्कार्फ प्रदान गरियो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नं. ११ का अध्यक्ष, चन्द्रागिरि नगरपालिका विधायक समितिका संयोजक तथा जेसिस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रराज श्रेष्ठ, चन्द्रागिरि नगरपालिका वडा नं १५ का अध्यक्ष तथा चन्द्रागिरि नगरपालिका सामाजिक विकास समितिका संयोजक घनश्याम लुईँटेल, चन्द्रागिरि नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका वरिष्ठ शिक्षा अधिकृत बुद्धिप्रसाद भट्ट, चन्द्रागिरि स्काउट परिषद्का संयोजक अरुणा लामा, किड्स प्लानेटका प्रधानाध्यापक मिञ्जु शोभा चित्रकार, शुभचिन्तक तथा अभिभावक राजन शाक्य, विद्यालयका संस्थापक हिरा बहादुर महर्जन लगायतका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
दीक्षित स्काउटका अभिभावकको समेत बाक्लो उपस्थिति रहेको सो कार्यक्रम जेसिस इन्टरनेसनल स्काउट टु«पका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक सरोज महर्जनको सभापतित्वमा सम्पन्न भएको थियो ।