मानुषी लघुवित्तको सेयर आजदेखि खुल्यो

काठमाडौँ। मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) मा आवेदन खुला भएको छ । ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि आजदेखि खुला गरिएको हो ।

जसमा ०.५ प्रतिशत अर्थात् ५ हजार ४६९ कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात् १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता ग्लोवल आईएमई क्यापिटल लिमिटेड रहेको छ भने साउन २७ गते देखि ३१ गतेसम्ममा आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।साउन २७ गते देखि ३१ गतेसम्ममा आवेदन दिन सकिनेछ ।