कलङ्कीमा मोटरसाइकल दुर्घटना, नैकापमा बस्ने श्रेष्ठको मृत्यु

4479
accident

२२ पुस ०७८, काठमाडौं । काठमाडौको कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बुधबार राति सवा २ बजे कलङ्कीको सब वे मा प्रदेश ३०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलको पछाडि बस्ने धादिङ घर भइ  चन्द्रागिरि नगरपालिकाको नैकाप बस्ने २७ वर्षकी सोफिया श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक गोरखाका ३१ वर्षका रामशरण ढकालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार चालक ढकालले जाँड रक्सी खाएर मोटरसाइकल चलाएका थिए ।