काठमाडौं भाद्र ४।कीर्तिपुर नगरपालिकाले कीर्तिपुर अस्पतालमा स्थापना गरेको अक्सिजन प्लान्टको सफल परीक्षण भएको छ । कीर्तिपुर नगरपालिकाको प्रमुख रमेश महर्जन , उप–प्रमुख सरस्वती खड्का र कीर्तिपुर अस्पतालका नि. निर्देशक डा.पेरु प्रधान लगायतको उपस्थितिमा बिहीबार उक्त प्लान्टको परीक्षण गरिएको हो ।कोडिभ–१९ महामारीको दोश्रो भेरियन्ट फैलिए संगै अक्सिजनको अभाव हुन नदिन केही महिना अगाडि मात्र कीर्तिपुर नगरपालिकाले करीव रु.१ करोड लगानीमा कीर्तिपुर अस्पताल परिसरमा सो अक्सिजन प्लान्ट स्थापना गरेको हो । टर्कीमा निर्मित सो प्लान्ट एडजेलिड इन्टरनेशनलले उपलब्ध गराएको हो ।प्रकृतिमा भएको हावामा करीव २१ प्रतिशत अक्सिनज हुने गर्दछ ।
यस अक्सिजन प्लान्टमा प्रकृतिमा भएको हावालाई मोस्चराइज्डरहित गरी सुख्खा हावा पठाइन्छ । त्यस हावालाई पनि शुद्ध अक्सिजनमात्र बाँकी राखी अरु हावा छानेर बाहिर नै पठाइन्छ र त्यही अक्सिजनलाई भण्डारणगरी सिधै विरामीसम्म पुर्याइने गरीन्छ । यसरी प्राकृतिक हावालाई त्यसमा भएको अक्सिजनको मात्रालाई सिधै विरामीसम्म पुर्याउने यस प्लान्टले गर्ने गरिन्छ ।पछि यस प्लान्टमा थप एउटा मेशिन ल्याएर अक्सिजन सिलिण्डरमा भर्ने समेत गरिने बताइएको छ । सफल परीक्षण पश्चात अब छिट्टै औपचारिक रुपमै उद्घाटन गरी प्रयोगमा ल्याइने समेत बताइएको छ ।
फोटो : नगर संदेश
Leave a Reply
You must be logged in to post a comment.