तिहारमा ९० प्रतिशत माला स्वदेशी

काठमाडौं । अधिकांश कृषिजन्य वस्तुमा नेपाल परनिर्भर भैरहेको अवस्थामा नेपाल मालामा आत्मनिर्भरताको बाटोमा अघि बढेको छ ।

नेपालीले तिहार (भाइटीका) मा लगाउने करिब ९० प्रतिशत माला स्वदेशी उत्पादन रहेको फ्लोरिकल्चर एसोसिएसन नेपाल ९फ्यान० ले जनाएको छ ।

विगतमा ठूलो संख्यामा विदेशी माला आयात हुने गरेकोमा क्रमशः स्वदेशी उत्पादन बढेपछि आयात प्रतिस्थापन भएको हो । मुलुक फूलमा करिब आत्मनिर्भर हुने क्रममा रहेको छ ।

भाइटीका (तिहार) मा करिब २४ लाख माला बिक्री हुने अनुमान छ । करिब ३ लाख माला मात्र विदेशबाट आयात हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष मिनबहादुर तामाङले बताए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।