
तारा एअरको जहाज सम्पर्क बिहीन भएको छ । पोखराबाट जोमसोम उडेको जहाज सम्पर्कबिहीन भएको हो ।
बिहान साढे १० बजेबाट विमान सम्पर्कमा नआएको हो । प्रहरीका अनुसार घोडेपानी भन्ने स्थानबाट विमान सम्पर्कविहीन भएको थियो । विमानमा १९ यात्रु रहेको बताइए पनि पुष्टि भएको छैन । विस्तृत विवरण आउन बाँकी छ।