थानकोट-चित्लाङ सडक ( गणेशमान सिंह मार्ग) मा सवारीसाधनकाे चाप

काठमाडौँ प्रवेश गर्ने छोटो नाका हेटौँडा–भीमफेदी–फाखेल–काठमाडौँ सडक खण्ड चैत मसान्त भित्र मर्मत सम्पन्न गर्ने उद्देश्यका सहित तिर्व गतिमा कार्य भइरहेको छ ।

मुख्यमन्त्री जम्कट्टेलले यातायात बन्द गरेरै भए पनि भैँसे–भीमफेदी र हुमाने–फर्पिङ सडकखण्डको काम सम्पन्न गर्नुपर्नेमा जोड दिए संगै वैकल्पिक सडकका रुपमा कान्ति लोकपथ र थानकोट–चित्लाङ–मार्खु–कुलेखानी–भीमफेदी सडकखण्डमा यातायात सञ्चालन हुदै आएको छ।

यसै थानकोट-चित्लाङ सडक ( गणेशमान सिंह मार्ग) मा सडकमा सवारीसाधनकाे चाप बढेको हो।

भीमफेदी–भैँसे सडकखण्ड (११ किलोमिटर), हुमाने फर्पिङ सडकखण्ड (सात दशमलव पाँच किमी), दक्षिणकाली–छैमले सडकखण्ड (आठ किमी) र छैमले– सिस्नेरी सडकखण्ड (११ किमी) को निर्माण कार्य भइरहेको छ।

हेटौैँडाबाट काठमाडौँ जाँदा कुलेखानी–चित्लाङ सडक तथा फर्कदा कान्तिलोकपथ सडक प्रयोग गर्ने गरी मर्मतको काम भइरहेको हो। तस्बिर: – सामाजिक सञ्जाल