थानकोट-चित्लाङ सडक कालोपत्रे गर्नका लागि भोलिदेखि १ हप्ता बन्द हुने

गणेशमान सिं मार्ग (चित्लाङ्ग–चन्द्रागिरि–थानकोट सडक) बन्द रहने सम्बन्धी सूचना

चन्द्रागिरि।
थानकोट-चित्लाङ (गणेशमान सिंह मार्ग) सडक भोलिबाट बन्द हुने भएको छ । थाहा नगरपालिका वडा नं. ९ अनुसार
चित्लाङ्गस्थित पर्ने गणेशमान सिं मार्ग (चित्लाङ्ग–चन्द्रागिरि–थानकोट सडक) अन्तर्गतको याकाखुसीदेखि ठुलोचौरसम्मको सडक बन्द हुने भएको हो ।

भोलि देखि कालोपत्रे हुन गईरहेकोले करिब १ हप्तासम्मको लागि उल्लेखित सडक अति आवश्यक सवारी साधन बाहेक अन्य सवारी साधनहरुका लागि बन्द रहने वडा कार्यालयले जनाएको हो।