थानकोट बसपार्कबाट अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं,  चन्द्रागिरी नगरपालिका-३ थानकोट बसपार्कबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय ५५ ट्याब्लेट सहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहा विष्णुपुर गाउँपालिका-५ घर भएका २२ वर्षीय सरोज पासवान, २५ वर्षीय हिरा कुमार सदा र २२ वर्षीय लक्ष्मी कुमार सदा रहेका छन् ।

प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले सिरहाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०६-००१ ख ००३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।