थानकोट जेसीजको सप्ताहव्यापि कार्यक्रम सुरु,पहिलो दिन सचिवालय उद्धघाटन

चन्द्रागिरी,१८ थानकोट जेसीजले प्रशासनिक कार्यलय (सचिवालय) को उद्धघाटन गरेको छ । चन्द्रागिरी नगरपाकिा वडा नम्बर ४ थानकोट साझाघरमा कार्यलय स्थापना गरिएको हो ।

थानकोट जेसीज बर्ष २०२३ की अध्यक्ष एलिना महर्जको सभापतित्वमा सम्पन्न उतm कार्यक्रममा चन्द्रागिरी नगरप्रवतmा एवं वडा ४ का अध्यक्ष कृष्ण प्रसाद खड्गिको प्रमुख आतिथ्यता रहेको थियो भने थानकोट जेसिजका व्यवसयिक साझेदार एवं समाजसेवी ईश्वर लामा को बिशेष आतिथ्यता रहेको थियो ।

थानकोट जेसीजको सचिवालय उद्धघाटन समाहरोमा प्रमुख अतिथी खड्गीले “जेसीजले समाजमा गरेका कामको चर्चा गर्दै वडा र नगरपालिकाको तर्फबाट सहकार्य गर्न आफु प्रतिबद्ध रहेको बताए ।”
कार्यक्रममा संस्थापक अध्यक्ष नन्ददास अमात्य,थाानकोट जेसीजका पुर्व अध्यक्ष एवं नेपाल जेसीज्का राष्ट्रिय कोषध्यक्ष मोहन लाल डाँगि,थानकोट जेसिजका पुर्व अध्यक्षहरु डा.सुजित श्रेष्ठ,राजेश दगु,श्यामलाल श्रेष्ठ,सलिम श्रेष्ठ,पेशल खतिवडा,राज गोपालि ,मनोज श्रेष्ठ लगायत र वर्तमान वोर्डका पदाधिकारीहरु,जेसीज सदस्यहरु र जुनियर जेसीज् पदाधिकारी र सदस्यहरु को उपस्थिती रहेको थियो ।

जेसीजले जेसीज सप्ताह मनाउन सप्ताहव्यापी कार्यक्रम को घोषणा गरेको छ जसमध्ये पहिलो दिन प्रशासनिक कार्यलय( सचिवालय)उद्धघाटन,दोस्रो दिन ट्राफीक जनचेतना कार्यक्रम , ,तेस्रो दिन चन्द्रागिरी हाईकीङ समुहद्धारा आयोजित हाईकीङमा संस्थागत रुपमा सहभागिता जनाउने,चौथो दिन अनाथ बालबालिकाहरुलाई खाध सामाग्रि वितरण गर्ने,पाचौ दिन विश्व वातावरण दिवसको अवसरमा सेतिदेवी सामुदायिक वनमा बृक्षारोपण गर्ने, बोटबिरुवामा मलहाल्ने, गोडमेल गर्ने, छैठौदिन चुनदेवी माध्यामीक विधालयका विधर्थीहरुलाई उत्प्रेणात्मक तथा साईबर सुरक्षा सम्बन्धी तालिम प्रदान गर्ने,र साँतौ दिनमा समाज डेन्टल हस्पिटलको सहकार्यमा थानकोट साझाघरमा बृहत दन्त शिविर आयोजना गर्ने कार्यक्रम तय भएको थानकोट जेसीजका कार्यकारीणी उपाध्यक्ष भुवन गिरीले बताए ।’

जेसीजले १८ देखी ४० बर्षका युवाहरुलाई समेट्दै विधिको शासन बन्धुत्वको भावना लाई आत्मसात गर्दै तालिमको माध्यमबाट व्यतिmत्व विकास,समाज र राष्ट्रको रुपान्तरणमा योगदान गर्दै आएको छ ।