बेपत्ता बालकको शव भेटियो

बुधबारदेखि बेपत्ता बालकको शव भेटिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ६ स्थित हाँडीखोला धापका १२ वर्षीय अनुज बस्नेतलाई बुधबार बगाएको थियो ।बालकको शव आज हाँडीखोला र इन्द्रावतीको दोभानमा भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीले जानकारी दिए ।



jibss

उनले बर्खाको समयमा नदी तथा खहरे खोला आसपास नजान समेत आग्रह गरे । उनले अहिले पनि खेल्ने, नुहाउने, माछा मार्ने लगायतको बाहानामा बालबालिका तथा अन्य मानिस खोलामा जाने गरेको बताए ।