
आजदेखि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोरविजोर प्रणाली हटेको छ । उपत्यकाभित्र निषेधाज्ञालाई जारी राखिएको छ। असार ३१ गतेसम्म निषेधाज्ञा जारी रहेको हो। जोर-बिजोर प्रणाली आज बाट हटाइएको हो।
यस अघिको बैठकले २५ सिटभन्दा माथिका गाडी चलाउन दिइएकोमा अव थपिएको निषेधाज्ञामा माइक्रो बस र टेम्पो चलन पाउने छन् । लामो दूरीका सार्वजनिक यातायात सञ्चालन पाइने तर जिल्ला प्रशासन कार्यालयको पास हुनपर्नेछ ।
यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ । गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि सोमबार राति १२ पछि सकेको हो भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।