हाई भिजन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

चन्द्रागिरि ७ स्थित हाई भिजन कोलोनिमा रहेको हाई भिजन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

दिल बहादुर थापाको अध्यक्षतामा भएको सभामा जेष्ठ सदस्य टोयानाथ अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

साधारण सभाले नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसमा तारा बहादुर केसी अध्यक्षमा, उपाध्यक्षमा श्यामकुमार न्यौपाने, सचिवमा केशबहादुर आले, कोषाध्यक्षमा ईन्द्रकुमार श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा कुमिसरा सारु, मनोज ज्वारचन, चोकबहादुर राणा, मिरा थापा, दिपकप्रसाद पौडेल चयन भएका छन् ।

लेखा सुपरिवेक्षण समितिमा गोकर्ण चालिसेको संयोजकत्वमा दिलमाया सारु र कल्पना साखी निर्वाचित भएका छन् ।

दिलबहादुर थापाले निर्वाचित नयाँ अध्यक्ष तथा कार्यसमितिलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिए ।