भारतमा एकैदिन ४ बाट २१ पुगे ओमिक्रोन संक्रमितको संख्या, संसारभरीको स्थिति चिन्ताजनक

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्यामा आइतबार भारी मात्रामा वृद्धि देखिएको छ । समाचार एजेनसी एएनआईका अनुसार आइतबार महाराष्ट्रमा ७, राजस्गानमा ९ र दिल्लीमा एक जना व्यक्ति ओमिक्रोन भेरियन्टद्वारा संक्रमित भएको पुष्टि भएको छ ।

यसका साथै भारतमा ओमिक्रोन संक्रमितको कूल संख्या २१ भएको छ । विश्व स्वास्थ्य संगठनले लगातार यो भेरियन्टलाई चिन्ताको विषय बताएको छ । पछिल्लो शुक्रबार विश्व स्वास्थ्य संगठनले संक्रमणको संख्याको हिसाबले यो भेरियन्टले डेल्टा भेरियन्टलाई पछि छोड्न सक्छ ।

विश्व स्वास्थ्य संगठनकी वैज्ञानिक सौम्या स्वामीनाथनले समाचार एजेन्सी रोयटर्सलाई भनिन्, ‘यो भेरियन्टले डेल्टालाई पछि पार्न सक्छ किनभने यो पछिल्लो भेरियन्टको तुलनामा बढी संक्रामक छ ।’ कोरोनाको यो नयाँ भेरियन्टलाई रोक्ने कोसिसमा केन्द्र र राज्य सरकारले विमानस्थलदेखि अन्य यातायात केन्द्रमा सर्भिलेन्स, टेस्टिङ र स्क्रिनिङसँग सम्बन्धित प्रयासमा तीब्रता दिएको छ ।

महाराष्ट्रमा ८ संक्रमितः

महाराष्ट्रमा पुणेको स्वास्थ्य अधिकारीले आइतबार जिल्लामा ओमिक्रोन संक्रमणका सात संक्रमित भेटिएको जानकारी दिए ।

अधिकारीका अनुसार संक्रमित व्यक्तिमा नाइजेरियाबाट भारत फर्किएकी एक महिला संक्रमित छिन् जो आफ्नी दुई छोरीसँग पिंपरी चिंचवाडमा आफ्नी भाइलाई भेट्न आएकी छिन् । उनका भाइ र उनकी दुई छोरी पनि ओमिक्रोनद्वारा संक्रमित छन् ।

अधिकारीका अनुसार यसबाहेक अर्का एक संक्रमित फिनल्याण्डबाट पुणे आएका एक व्यक्ति हुन् जो अघिल्लो महिनाको अन्तिम हप्ता भारत पुगेका थिए ।

यसअघि ठाणेका ३३ वर्षका एक व्यक्ति पनि कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टद्वारा संक्रमित पाइएका थिए । उनको उपचारे कल्याणको कोभिड केयर सेन्टरमा चलिरहेको छ ।