सुनको भाउ बढ्यो

काठमाडौ, कात्तिक २७ । आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार तोलाको ६ सय रुपैयाँले बढेर सुन ९७ हजार ३ सय रुपैयाँमा पुगेको छ।

पछिल्लो समय सुनको भाउ लगातार बढिरहेको हो। यस्तै, चाँदीको पनि मूल्य तोलामा ५ रुपैयाँले बढेर आज १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।