काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ ।
यसैगरी, पेट्रोल ११ र डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको निगमले जनाएको छ ।
आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो । नयाँ मूल्य अनुसार, अब पेट्रोल प्रतिलिटर १७३ र डिजेल १६८ पुगेको छ ।