तेस्रो ब्राइट फ्युचर फुट्सल कपको उपाधि वेस्ट पोइन्टलाई 

तेस्रो ब्राइट फ्युचर सी फुट्सल कप २०८१ सम्पन्न भएको छ ।

चन्द्रागिरी नगरपालिका वडा नम्बर १४ मा अवस्थित ब्राइट फ्युचरले भव्य रुपमा तेस्रो ब्राइट फ्युचर फुट्सल कप आफ्नै घरेलु मैदानमा सम्पन्न गरेको छ।

प्रतियोगिताको समुद्घाटन राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्काज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। करिब बिहान ८:४५ मा समुद्घाटन भएको कार्यक्रममा पहिलो सेमीफाइनलमा जेसिस इन्टरनेसनल स्कुलले एआई स्कुललाई ३ एक गोलले पराजित गरी फाइनलको यात्रा तय गरेको थियो। यसै गरी दोस्रो सेमिफाइनलमा वेस्ट पोइन्ट स्कुलले इभरभिजन स्कुललाई ५-१ गोलको फराकिलो अन्तरले पराजित गरी फाइनलको यात्रा तय गरेको थियो करिब २:१५ बजे सुरु भएको फाइनल खेलमा वेस्ट पोइन्ट स्कुलले जेसिस इन्टरनेसनल स्कुललाई ३-० गोलले पराजित गरी उपाधि हात पारेको थियो।

विजेता र उपविजेता खेलाडीहरुलाई समापन सत्रका प्रमुख अतिथि श्रीलंकाका धर्मपला महाविद्यालयका प्राचार्य पर्सी पीएल परेरा, चन्द्रागिरी नगरपालिका १४ नम्बर वडाका वडा अध्यक्ष राजभाइ महर्जन तथा वार्ड सदस्य चम्पा रोक्का र चन्द्रागिरी नगरपालिका वार्ड नं १३ १४ र १५ का सुरक्षा प्रमुख कमल बिष्ट ज्यूको उपस्थितिमा प्रमाणपत्र मेडल तथा नगद पुरस्कार विजयी टिमलाई हस्तान्तरण गरिएको जानकारी ब्राइट फ्युचर कलेजका प्लस टु प्रमुख श्री श्याम कृष्ण महर्जनले बताउनुभयो।

साथै विजयी टिमले ३५ हजार नगद पुरस्कार र आठ लाख ४० हजारसम्मको छात्रवृत्ति र उप विजयी तिमीले २० हजार नगद पुरस्कार र ५ लाख २५००० सम्मको छात्रवृत्ति र सहभागी टिमलाई २५% छात्रवृत्ति दिने जानकारी गराउनुभएको थियो। २०८१/१/ ८ गते शनिबारका दिन सम्पन्न भएको खेलमा बेस्ट गोलकिपर, बेस्ट प्लेयर, हाइस्कोरर र फेयर प्ले टिम क्रमश जेसिस स्कुलका तोयानाथ भण्डारी, वेस्ट पोइन्टका केशरजंग भुजेल,वेस्ट पोइन्टका सन्देश भण्डारी र कंकाली मा वि नैकापले हात पारेको थियो।