नो एमसीसी भन्दै १३ दलले भाेली वुधवार चन्द्रागिरिमा व्यापक विरोध प्रर्दशन गर्ने

१० फागुन काठमाण्डाैं । एमसीसी खारेजीको माग गर्दै चन्द्रागिरिमा रहेका १३ दलिय राजनीतिक दलले विरोध प्रदर्शन गर्ने भएका छन् ।

 

चन्द्रागिरिमा बसेको १३ दलिय बैठकले व्यापक विरोध तथा कोण सभाको आयोजना गरिन लागिएको हो ।

बैठकमा नेकपा माओवादी केन्द्रबाट गणेश कुवँर नेकपा एकीकृत समाजवादीबाट भईकृष्ण बलामी, राष्ट्रिय जनमोर्चाबाट रोसन दानी, नेकपा ( क्रान्तिकारी माओवादी)बाट सुरेश तामाङ, राष्ट्रिय प्रजातन्त्र पाटी देवेन्द्र प्रधान नेपाल कम्युनिस्ट पाटी ( विप्लप)बाट बावुकाजी शाही,नेकपा माले नेपा राष्ट्रिय पाटीबाट विष्णुभक्त गोपाली नेपाल मजदुर किसान पाटीवाट शान्थत महर्जन लगायतको उपस्थिति रहेको थियो । भोली काठमाण्डौको चेकपोष्टबाट गुर्जधारा सम्म वृहत्त याली सहित कोण सभामा कार्यक्रम गरिने आयोजक दलहरुले जनाएका छन् । भाेली ११ गते विहान ६: ३० वजे याली चेकपाेष्टबाट ग्रुजुधारा सम्म गएर काेण सभामा परिणत हुने बताइएकाे छ ।