उपत्यकामा एकैदिन २९ सय ३० जना सवारी चालकमाथि कारबाही

290

३० साउन ०७९, काठमाडौँ ।   ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन २ हजार ९३० जना सवारी चालकलाई कारबाही गरेको छ।

ट्राफिक नियम उल्लंघन गरेका कारण आइतबार उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १४२, लेन अनुशासन पालना नगर्ने ७२, रेड लाइटमा सवारी साधन चलाउने ८४ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३८ जना सवारी चालक रहेका छन्।

यस्तै, २ हजार ५९४ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ।