
२६ फागुन, काठमाण्डाै । पेट्रोलियम पदार्थमा हालै भएको मूल्यवृद्धिले ढुवानी यातायात व्यवसायीको पेशा संकटमा परेको भन्दै तत्काल मुल्य बृद्धि फिर्ता लिन माग गरेका छन ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघ ज्ञापन पत्र बुझाउदै मुल्य बृद्धि फिर्ता नलिए ढुवानीका साधन घर ग्यारेजमा थन्काउने चेतावनी दिएका हुन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघ महासचिव राजेन्द्र विक्रम बाँनियाद्धारा हस्ताक्षरित विज्ञप्तिमा मूल्यवृद्धिले ट्रक यातायात व्यवसायीलाई निकै समस्यामा पारेकोले मूल्यवृद्धि तत्काल फिर्ता गर्नु पर्ने वा भाडा समायोजन गर्नु पर्ने सो नभएमा ७ दिन भित्र देशै भरिका ढुवानी ठप्प पार्ने चेतावनी दिएका हुन ।
यातायात ब्यबस्था बिभागका महानिर्देशक नमराज घिमिरेलाई ढुवानि ब्यबसायमा रहेका तत्कालिन समस्याका बारे हामीले अवगत गरायौ,उहाँहरु सकारात्मक हुनुहुन्छ वास्तविक समस्या हलहुनेमा हामीले आशा लिएका छौ महासचिव बाँनियाले भने ।
नेपाल सरकार पेट्रोलियम पदार्थमा मुल्य भारी मात्रामा हेरफेर हुदा सोही अनुरुप भाडां समायोजन गर्नु पर्ने व्यवस्था हुदा पनि त्यो नहुनु दुःखद पक्ष भएको व्यवसायीको ठहर छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि र भाडां समायोजन नहुदाको कारण उत्पन्न हुने परिस्थीतीको यातायात व्यवसायीका संघ संस्थाहरु जवाफदेही नहुने स्पष्ट पारिएको छ ।पट्रोलियम पर्दाथमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै मागको सुनुवाई नभए उत्पन्न हुने परिस्थितीको नेपाल सरकारलाई अगामी दिनमा आन्तरिक आपूर्ति व्यवस्थामा पर्न जाने समस्याको जिम्मेवारी स्वयम सरकार र नेपाल आयल निगम हुने समेत विज्ञप्तिमा उल्लेख छ ।
महासंघले पेट्रोलियम पदार्थको पटक पटकको मुल्य बृद्धिको आधारमा ढुवानिको सवारी साधनमा भाडा समायोजन हुनु पर्ने, देश भर कानुन सम्मत भारबहनलाई कडाईका साथ लागु गरिनु पर्ने लगायतको विषयमा ध्यार्कषण गराईएको छ ।
उनीहरुले भारतिय सवारी साधनको निर्बाध नेपालमा आवागमन र नेपालबाट ठुलो मात्रामा पेट्रोलियम पदार्थ भरेर जानाले आयल निगमले घाटामा बिक्रि गरेको पेट्रोलियम पदार्थको चोरी निकासिका बारेमा समेत सचेत गराईएको छ ।