ग्लोबल गेट एजुकेसनल कन्सल्टेन्सिको “यूके प्री-डिपार्चर इन्फोसेशन”

शैक्षिक परामर्श केन्द्रहरूकै कारण विदेशका ठूला विश्वविद्यालयहरूको शिक्षा आम नेपाली विद्यार्थीको पहुँचमा पुगेको मात्रै छैन, शैक्षिक संस्था रोज्न पनि विद्यार्थीलाई सहज भएको छ।

शुरुमा राजधानीकेन्द्रित शैक्षिक परामर्श केन्द्रहरू अहिले अन्य शहर हुँदै देशभर फैलिएका छन् । विदेशका कलेज/विश्वविद्यालयमा पढ्नका लागि परामर्श दिने यस्ता केन्द्रहरूले विद्यार्थीका लागि आवश्यक कागजात मिलाउन सल्लाहदिने देखि आइएलटिएस,पिटिइ, जापानिज भाषा जस्ता विभिन्न योग्यता परीक्षाका तयारी कक्षा पनि सञ्चालन गरिरहेका छन् ।

सामाजिक विकास मन्त्रालय, हेटौंडाबाट स्वीकृति लिएर सञ्चालन भइरहेको ग्लोबल गेट एजुकेसनल कन्सल्टेन्सिले विद्यार्थीलाई परामर्श लिन सहज त बनाएको छ नै तथा परामर्श छेत्रमा ठूलो योगदान गर्दै आएको छ ।

ग्लोबल गेट एजुकेसनल कन्सल्टेन्सिले यूके को विद्यार्थी भिषा पाई सकेका विद्यार्थीहरूलाई एक बिशेष कार्यक्रम गरि “यूके प्री-डिपार्चर इन्फोसेशन” राखि यूके अध्यागमन् सँग सम्बन्धित सम्पुर्ण जानकारि गराएको छ।

साथै विद्यार्थीहरूलाई नेपालबाट जाने बेलाको प्रक्रियादेखि लिएर यूकेको इमीग्रेशन सम्मलाई चाहिने ज्ञान को जानकारि गराइएको ग्लोबल गेट एजुकेसनल कन्सल्टेन्सिका अध्यक्ष गणेश थापा जानकारी गराए।