Unicampus Global Chandragiri स्थापना

Unicampus Global Chandragiri
काठमाडौँ विश्वविद्यालयका डीन जनार्दन लामिछाने प्रमुख अतिथि तथा शाखा प्रमुख निशान महर्जन को अध्यक्षतामा Unicampus Global Chandragiri कार्यालयको उद्घाटन समारोह सम्पन्न भएको छ।

उक्त उद्घाटन समारोहमा प्रमुख अतिथि काठमाडौँ विश्वविद्यालयका डीन जनार्धन लामिछाने, च.न.पा -११ का वडा अध्यक्ष नरेन्द्र राज श्रेष्ठ, Unicampus Global Education Network का CEO घनश्याम घिमिरे, मित्रकुञ्ज पुर्व अधक्ष्य नहेन्द्र प्रधान लगायतको उपस्थिति रहेको थियो। समुद्घाटन समरोहमा शुभकामना आदान प्रदानका क्रममा बोल्दै प्रमुख अतिथिले उच्च शिक्षा विद्यार्थीको जीवनका लागि महत्वपुर्ण रहेको र विद्यार्थीहरु विदेश अध्ययनमा जादा एउता सुनौलो अवसर र सहि मार्गदर्शन आवश्यक हुने कुरा बताए। त्यसै गरि Unicampus Global Education Network का CEO घनश्याम घिमिरे ज्युले पनि उच्च शिक्षामा विदेशिने विद्यार्थीहरु अन्योलमा परेको तथा सहि मार्गदर्शन नपाएर उच्च शिक्षामा बाधा परेकोले सहि मार्ग निर्देशन दिनु पर्ने र Unicampus Global Education Network र युनिक्याम्पस ग्लोबल चन्द्रगिरि (Unicampus Global Chandragiri)ले सो विद्यार्थीहरुलाई सहि मार्गदर्शन दिनलाई स्थापना गरेको जनाए ।