विजयी भव: बचत तथा ऋण सहकारी संस्था लि. को ११ औँ बार्षिक साधारण सभा सम्पन्न

विजयी भव: बचत तथा ऋण सहकारी संस्था लि. गुर्जुधारा, बलम्बु च.न.पा. १२ को ११ बार्षिक साधारण सभा सम्पन्न भएको छ। पुर्ब उप सचिब एवं पुर्ब डिभिजन सहकारी प्रमुख उमेश्वर नाथ गङ्गोलको प्रमुख अतिथि एबं चन्द्रागिरि नगरपालिकाका आर्थिक शाखाको अधिकृत राजु खड्का बिशिस्ट अतिथिका रुपमा आमन्त्रित सो कार्यक्रममा शेयर सदस्यहरुको बाक्लो उपस्थिति थियो ।

आ.ब. २०७७/७८ को अन्त्यसम्म शेयर पुंजी १,०१,६३,७००/- निक्षेप संकलन १७,०१,५०,५७५/-, कर्जा लगानी १२,५३,८३,०३६/- रहेको संस्थाले खुद नाफा २९,७०,६९०/- आर्जन गरि प्रतिफल स्वरूप १०% नगद लाभांस प्रदान गर्ने प्रस्ताब साधारण सभाले पारित गरेको छ ।

संस्थाकाे बार्षिक साधारणसभाले लेखा समित सदस्यमा नयाँ नेतृत्व समेत चयन गरेकाे छ । संस्थाकाे लेखा समिति सदस्य रुजन महर्जन चयन भएका हुन् ।

संस्थाले गाेला प्रथा द्वारा ११ जनालाई इन्डक्सन चुलो समेत प्रदान गरेको छ ।