चन्द्रागिरि–२ वाडभञ्याङमा १९ वर्षीय युवक मृत फेला

child death in chandragiri

थानकोट, चन्द्रागिरि – चन्द्रागिरि नगरपालिका वडा नम्बर २, वाडभञ्याङस्थित बाघ बछाला सामुदायिक वनमा बिहीबार एक जना युवा मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार, सामुदायिक वनभित्रको एक रुखमा झुण्डिएको अवस्थामा हुम्लाको ताँजाकोट गाउँपालिका वडा नम्बर ५ घर भएका १९ वर्षीय सुरज बुढाको शव फेला परेको हो।

त्यसैगरी, बिहीबार एकै दिन चन्द्रागिरि नगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा दुई जना व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका हो। यस घटनाले स्थानीय बासिन्दामा एक प्रकारको त्राश सिर्जना गरेको छ भने चन्द्रागिरि नगर क्षेत्रमा दुई शव फेला परेपछि सनसनी फलाएको छ।

प्रहरीले दिएको जानकारीअनुसार, वडा नम्बर ९ को मच्छेगाउँस्थित शान्ति वनमा कीर्तिपुर–९, का सकेश महर्जनको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो। उहाँ असार ३२ गतेदेखि बेपत्ता रहनुभएको थियो।

दुवै घटनाको सम्बन्धमा प्रहरीले गहन अनुसन्धान सुरु गरिसकेको छ। मृत्युको कारणबारे विस्तृत रिपोर्ट आउन बाँकी रहेको र थप जानकारी चाँडै सार्वजनिक गरिने प्रहरीले जनाएको छ।