
चन्द्रागिरि । राेसन दानी
बागमतीको कृषि तथा पशुपन्छी विकास मन्त्री केशव प्रसाद पाेखरेलले बागमती प्रदेशका किसानलाई दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान प्रदान गर्ने बताएका छन् ।
बागमती प्रदेश सरकारले किसानहरूकाे दूध उत्पादनमा जाेड दिन र सिधा वास्तविक किसानकै हातमा राज्य छ भन्ने अनुभुती गराउनलाई उक्त अनुदान प्रदान गरिने भएकाे हाे ।
सानाे परिमाण दूध उत्पादन गर्ने किसानहरूले राज्यबाट अभिभाबकीय भुमिका महशुस गरून भन्दै प्रदेश सरकारले याे कार्यक्रम लागू गरिएकाे मन्त्री पाेखरेलकाे भनाई छ ।
मन्त्री पाेखरेलले भने,”बागमती प्रदेश सरकार अन्तर्गत बागमती सरकारले लिटरमा ५ रुपैयाँ अनुदान दिन लागेको यसै वर्षदेखि हो,
त्यसका लागि दुग्ध उत्पादक कृषि सहकारी र भरपर्दो सहकारी संस्थाहरुबाट किसान समक्ष प्रदान गर्ने निर्देशन दिईएकाे छ ।”
बागमतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुधमा अनुदान दिन यो बर्ष ३० करोड रुपैयाँ बजेट छुट्याएको छ ।
मन्त्री पाेखरेलले बागमती प्रदेशलाई आधुनिक खेती प्रणालीवाट जनजिबीकालाई सहज र परिणाममुखी बनाउन हरेक गतिविधि सञ्चालन गरिने जानकारी दिए ।