थनकोट जेसिज र नेपाल प्रहरीको सप्ता व्यापी निःशुल्क मास्क वितरण र जनचेतनामूलक कार्यक्रम सफतापुर्वक सम्पन्न



jibss

नेपाल प्रहरी र थानकोट जेसिजले निःशुल्क मास्क वितरण र जनचेतनामूलक कार्यक्रमको सप्ता व्यापी कार्यक्रम सम्पन्न भएको छ ।

 

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चन्द्रागिरि नगरपालिको सहकार्यमा हाल नेपालमा तीव्र रूपमा बढ्दै गरेको ओमिक्रोन कोरोना संक्रमण दरलाई न्यूनीकरण गर्नको लागि महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजको संयुक्त आयोजनामा ’सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ सम्पन्न गरेको हो ।

एक साता लामो कार्यक्रम चन्द्रागिरिको विभिन्न वडाहरु थनकोट,चेकपोष्ट, वलम्वु गुर्जुधारा,संतुगल,तीनथाना,नैकाप,दहचोक लगायत क्षेत्रमा कार्यक्रम गरिएको थानकोट जेसीजका अध्यक्ष रोसन दानीले बताए । अध्यक्ष दानीले आफ्नो टोल समुदायमा जनचेतना मूलक अभियान सञ्चालन गरेकोमा थानकोट जेसीजका सदस्यहरु र प्रहरीलाई धन्यवाद व्यक्त गरे । उनले अभियान निकै प्रभावकारी र आम जनमानसमा मास्क लगाउनु पर्छ र समाजिक दुरी कायम गर्न सकिए कोरोनाबाट बच्न सकिन्छ भने सन्देश गएको बताए ।

 

समाप्न कार्यक्रमा बोल्दै चन्द्रागिरि नगरपालिका नगर प्रमुख घनश्याम गिरीले पछिल्लो समय मुलुकमा बढ्दै गएको ओमिक्रोन भेरियन्टबाट आम नागरिकलाई जोगाउनका लागि उक्त अभियान फलदायी हुने विश्वास व्यक्त गरे । उनले कोरोना महामारीमा स्थानिय सरकारको भुमिका सकृय हुनु पर्ने र आम नागरिकको स्वास्थ्यमा गम्भ्रिर भएर नगरपालिका लागिरहेको बताए । नगरमा मास्क लगाउनु पर्छ भने सन्देश प्रवाहा भएको छ, नगरपालिका नागरिकलाई सुरक्षित हुन र स्वास्य मापढण्डपालना गर्दे सव्य नागरिकको परिचय दिन नगर प्रमुख गिरीले आग्रह गरे ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष राजेन्द्र केसीले समाज रुपान्तरणमा जेसीज अभियान महत्वपुर्ण सावित हुदै गईरहेको बताए । वडा अध्यक्ष केसीले कोरोना महामारी रोकथाम र न्यूनिकरणमा थानकोट जेसीज र थानकोट बृत्तको अग्रसरताले सम्रग चन्द्रागिरिमा उलेख्यि भूमिका खेलेको दावी गरे ।

वडा अध्यक्ष केसीले भने, ‘‘पछिल्लो समय मुलुकमा बढ्दै गएको ओमिक्रोन भेरियन्टबाट आम नागरिकलाई जोगाउनका लागि उक्त अभियान फलदायी हुने विश्वास मैले लिएको छु । ’’

कार्यक्रमा महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्ष दिल्ली नारायण पाण्डेले एक साता लामो कार्यक्रमले आम नागरिकको स्वास्थ्य सुरक्षामा प्रभावकारी भुमिका खेलेको बताए । मास्क लगाउनु पर्छ संक्रमणवाट बच्न र बचाउन मास्क अहिलेको लागि प्रभावकारी माध्यम रहेको चेतना फैलाउने काम प्रहरीले निरन्तर जारी राख्ने बताए ।

 

 

कार्यक्रमा चन्द्रागिरि नगरपालिका वडा नम्वर १३ का वडा अध्यक्ष बालमुकुन्द विडारीले कोरोना भाइरसबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि ‘तपाईंको मास्क खै’ अभियान फलदायी रहेको विश्वास व्यक्त गरे ।

 

बजारक्षेत्रमा सर्वसाधरण र सवारी चालकलाई मास्क वितरण गर्दै अभियान चलाएको थानकोट जेसिजका संस्थापक अध्यक्ष नन्ददास अमात्यले बताए ।

 

मास्क प्रयोग नगरी हिँड्ने सर्वसाधरणलाई मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुन पानीले हात धुन सचेतमुलक कार्यक्रम गरिएको अमात्यले बताए ।

 

 

प्रहरी बृत थानकोट र थानकोट जेसीजले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत कोरोना सङ्क्रमण न्यूनीकरणका लागि थानकोट जेसिजका सहकार्यमा शनिबार माघ ८ देखि १४ गते सम्म सो अभियान सुरु गरेको थियो । सो अभियान अन्तर्गत चन्द्रागिरिका विभिन्न वडाहरुमा गरि करिव १३ हजार जनालाई मास्क लगाउन प्रेरित गर्दै निशुल्क मास्क समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा थानकोट जेसीजका पुर्व अध्यक्ष सलिम श्रेष्ठले थानकोट जेसीजको साता व्यापी कार्यक्रमलाई साथ सहयोग प्रदान गर्ने सवैलाई धन्यवाद व्यक्त गर्दे समुदायमा पर्ने हरेक समस्यामा थानकोट जेसीजले गर्नु पर्ने हरेक दायित्व लिन तयार रहेको बताए ।

कार्यक्रमा महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक गणेश चन्द्र कोइराला , वरिष्ठ सञ्चारकर्मी घनश्याम सिग्देल,पुर्व अध्यक्षहरु सलिम श्रेष्ठ,पेशल कुमार खतिवडा, लगायत वोर्डका पदाधिकारीहरु, कार्यकारी उपाध्यक्ष सुजन महर्जन, पिआरो सावन महर्जन, प्रकरण निर्देशक भुवन गिरी, उपाध्यक्ष राहुल गोपाली, रिकेश महर्जन लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा थानकोट जेसीजका कोषाध्यक्ष विाराज शाहीको संयोजकत्वमा सुरु गरिएको थियो भने कार्यक्रमको सञ्चालन थानकोट जेसीजको महासचिव विपना बस्नेतले गरेकी थिईन ।

सामाजिक तस्विरहरु हेर्नुहोस