महिला दिवसको अवसरमा १०० जना महिलालाई २ सय रूपैयाँमा चन्द्रागिरि केबलकारको टिकट

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा चन्द्रागिरि केबलकार प्रालिले भोलि बुधबार १ सय जना महिला यात्रुलाई २ सय रुपैयाँमै केबलकारको टिकट उपलब्ध गराउने भएको छ ।

कम्पनीकाअनुसार सर्वप्रथम टिकट लिने १ सय जना महिलाले यो अफर पाउने छन् । साथै हरेक शुक्रबार साँझ ५ बजेदेखी बेलुकी ९ बजेसम्म केबलकारको टिकटको मूल्य २ सय रूपैयाँ टिकट उपलब्ध गराउदै आएको छ ।