पेट्रोलियम पदार्थ बिक्री वितरणमा संलग्न सबै मजदुरले कोरोना खोप पाउने

काठमाडौं । पेट्रोलियम पदार्थ बिक्री वितरणमा संलग्न सबै मजदुरले खोप पाउने भएका छन्। खोप दिन सरकार सहमत भएपछि सबै मजदुरले कोरोनाविरुद्धको खोप पाउने भएका हुन् ।

पम्प व्यवसायीहरूले खोपको व्यवस्था नभए बुधबारदेखि तेल खरिद नगर्ने चेतावनी दिएपछि निगमले सबै मजदुरलाई खोपको व्यवस्था गरेको हो।

ट्यांकर चालकलाई बलम्बु पुलिस हस्पिटलबाट खोप लगाइने निगमका एक उच्च कर्मचारीले बताए । निगमले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाउने सहमति भएको छ ।