रातो मत्स्येन्द्रनाथ बुधबार बुङ्गमती फिर्ता लगियाे

यलु जाेशी
ललितपुर, जेठ ५ गते ।
 वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथ (बुंगद्यः) बुधबार बुंगमती फिर्ता लगिएको छ । मुलुकमा बढिरहेको दोस्रो लहरको नयाँ कोरोना संक्रमणका कारण यसबाट हुनसक्ने क्षतिलाई अनुमान गरी रातो मत्स्येन्द्रनाथलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणायन लाग्दा छ महिना बुंगमती लगेर राख्ने चलनानुसार यस वर्ष छिट्टै फिर्ता लागिएको हो ।
दिउँसो तीनदेखि ४ बजेभित्रमा रातो मत्स्येन्द्रनाथ बुंगमती ल्याइएको ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, रातो मत्स्येन्द्रनाथ बोक्न मात्रै आठ जना पुजारी चाहिने भएकाले सक्ने जति पुजारी तथा केही अरु ब्यक्ति गरि २० जना भगवान् लिन पाटन आउनुभएको छ ।
बिहान ६ः५० देखि ७ बजेर ४ मिनेट जाँदासम्म भगवान् झिक्ने उत्तम साइत रहँदा यो समयमा साङ्केतिक रूपमा ल्याउने काम गरिएको ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले जानकारी दिनुभयो ।
गत मङ्सिरमा रातो मत्स्येन्द्रनाथलाई बुङ्मतीबाट पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियो । यही जेठ १ गते पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट २५ मिटर सोह्रखुट्टे पाटीसम्म रथ तानेर परम्परा धान्ने काम सम्पन्न गरिएको थियो ।
लगनखेलको इटी टोलबाट तानेर ल्याएको चौथो दिनमा भोटो जात्रा गरेर मात्रै बुंगमती लग्ने परम्परा रहेकोता पनि दोस्रो लहरको कोरोना भाइरस संक्रमणका कारण भोटोजात्रा नगरी नै रातो मत्स्येन्द्रनाथलाई बुंगमती फिर्ता लगिएको हो ।गोर्खापत्र अनलाइन बाट

तस्बिर : मनाेजरत्न शाही