सरकारले बिदेशबाट फर्किएकालाई १० लाख र सर्टिफिकेट धितोमा राखेर ७ लाखसम्म ऋण दिने

काठमाडौं । सरकारले उद्घोष गरेको सहुलियत ब्याजदरमा ऋण पाउने व्यवस्था कार्यान्यवनमा गएको छ । अब वैदेशिक रोजगारीबाट फर्किएका तथा उच्च शिक्षा हासिल गरेर पनि बेरोजगार बसेका र व्यवसायीक कृषि तथा पशुपंक्षीसम्बन्धी उद्योग व्यवसाय गर्न चाहानेले सरकारबाट सहुलियत ब्याजदरमा ऋण पाउनेछन् । जसमा बैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई सस्तो दरमा १० लाख सम्म त्यस्तैगरी शैक्षिक योग्यताको सर्टिफिकेट धितोमा राखेर ७ लाख सम्म ऋण दिलाउने ब्यावस्था मिलाईनेछ ।

त्यसैगरी ब्यवसायिक कृषि तथा पशुपन्छी कर्जा शीर्षकमा ऋण लिनेले सामूहिक जमानीको कागजात पेश गरेर ५ करोडसम्मको ऋण ५ प्रतिशत ब्याज अनुदानमा लिनसक्नेछन् । सो भन्दा बढी लिए सरकारले २ प्रतिशत मात्रै ब्याज अनुदान दिनेछ ।

स्वरोजगार बन्न चाहाने स्नातक उत्तीर्ण भएकालाई पनि सरकारले ऋण दिनेछ । यसका लागि ४० वर्षको उमेर हद तोकिएको छ । आफ्नो परियोजना सञ्चालनका लागि शैक्षिक प्रमाणपत्र धितोमा राख्नुपर्छ । र,कम्तिमा परियोजनाबारे एक हप्ताको सरकारी मान्यताप्राप्त संस्थाबाट तालिम लिएको पनि हुनुपर्छ । यस्ता युवाले ७ लाख रुपैयाँसम्मको ऋण ५ प्रतिशतको ब्याज अनुदानमा पाउनेछन् । विदेशबाट फर्किएकाले लाखसम्म ऋण लिन पाउनेछन् ।

त्यसका लागि परियोजना नै धितोमा राख्नुपर्छ । विदेशमा कम्तिमा ६ महिना काम गरेर फर्केकाहरुले पनि सहुलियत ब्याजदरको ऋण प्राप्त गर्नेछन् ।