दोश्रो संस्करणको नैकाप गोल्डकप २०७४ – च.न.पा.१५ ढुंगेअड्डा युनेश्कोले ट्रफी सहित नगद रु.२,२५,०००!- हात पार्यो

1624

नैकाप गोल्डकप २०७४ को आज भएको फाइनल खेलमा च न पा १५ ढुंगेअड्डा युनेश्को २:१ गोल अन्तरले बिजयी हुदै उपाधि माथि कब्जा जमाउन सफल भएको छ ! फाइनल खेलमा च न पा १५ ढुंगेअड्डा युनेश्कोले कलंकी युनाइटेड युथ क्लब माथि २:१ को जित दर्ता गर्यो ! खेलमा ढुंगेअड्डा युनेश्कोका तर्फ़बाट सबिन विडारीले सुरुवाती गोल पहिलो हाफमै गर्दै टोलीलाई अग्रता दिलाए ! दोश्रो हाफमा लय समातेको कलंकी युनाइटेडका लागि सुमन लामाले राज पौडेलको सुन्दर क्रसलाइ गोल पोस्टको दिशा दिदै बराबरी गोल गरे ! एक एक गोलको बराबरी पछि खेल रोचक बन्दै जादा ढुंगेअड्डा युनेश्कोका सुजित बुढाठोकिले निर्णायक गोल गर्दै ढुंगेअड्डा युनेश्कोलाइ उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे ! हारका बाबजुद कलंकी युनाइटेडको प्रदर्शन निकै नै अब्बल रहेको थियो ! बिजयी टोलि च.न.पा.१५ ढुंगेअड्डा युनेश्कोले ट्रफी सहित नगद रु.२,२५,०००!- हात पार्यो भने उप-बिजेता कलंकी युनाइँटेडले नगद रु.१,२५,०००!- हात पार्यो !
प्रतियोगिताका बेष्ट प्लेयेर च.न.पा.१५ ढुंगेअड्डा युनेश्कोका रुजित पुडासैनी घोषित भए भने बेष्ट कोच लकश साकोसका रुकेश श्रेष्ठको हात लाग्यो !
सर्बाधिक गोलकर्तामा रहे कलंकी युनाइँटेडका सुमन लामा र बेष्ट गोलकीप्पर बने कलंकी युनाइँटेडकै गोल कीप्पर सत्रुघन चौधरी ! सबैले ट्रफी सहित समान १०-१० हजार नगद हात पारे ! सेमिफाइनालिस्ट बन्दै वेष्ट काठमाडौँ,नैकाप र लकश साकोस बल्खुले समान नगद रु.१५-१५ हजार हासिल गरे !
खेलको समापन माननीय युवा तथा खेलकुद मन्त्रि राजेन्द्र कुमार के सी (राजन ) जिउ को प्रमुख आतिथ्यता र अन्य उच्च पढ़ाधिकारीहरुको बाक्लो उपस्थितिमा भएको थियो !