गुर्जुधाराका १७ वर्षीय अविरलले जापानमा जिते उत्कृष्ठ बक्सरको उपाधी

चन्द्रागिरि ।
चन्द्रागिरि ५ गुर्जुधाराका अविरल घिमिरेले जापानमा भएको किक बक्सिङ प्रतियोगितामा सानदार जित हात पारेका छन् । जापानको नागोयामा १७ वर्षीय घिमिरेले दोश्रो चरणको खेलमा जापानी इगर्सी दैकी प्रतिद्वन्दीलार्इ पराजित गर्दै फाइट ड्य्रानसन् प्रतियोगिताको उत्कृष्ठ खेलाडीको उपाधी हात पारेका हुन् । घिमिरे नेपालका पुुर्व क्योकुशिन खेलाडी देवकुमार घिमिरेका सुपुत्र हुन्।|